पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास हुनुपर्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन् । सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले नेपाललाई वर्षभर नै पर्यटकहरु आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताए । उनले वर्षभर नै नेपाल पर्यटकका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले विदेशमा रहेका हरेक नेपालीहरूले कम्तिमा एक जना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वातावरण सिर्जना गर्ने अभियान थालेको बताए । उनले सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवद्र्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढिरहेको बताए ।  

‘नेपाल अब सिजनल मात्रै होइन, अल सिजन नै नेपालमा पर्यटकहरु आउनसक्छ । सबै राउण्ड द इयर नै हाम्रो सिजन हो भन्ने कुरालाई हामीले व्यापक रुपमा लैजानुपर्छ । हामीले पर्यटक दशकको रुपमा नेपाल भ्रमण दशक भनेर सन् २०२३ देखि २०३३ सम्मलाई निरन्तर रुपमा काम अघि बढाउने र पर्यटन क्षेत्रलाई आकर्षित गर्ने, र नेपालमा रहेका नेपालीहरूले पहिला नेपाल घुमौँ र विदेश घुमौँ भन्ने कुरालाई अघि सारेका छौँ,’ मन्त्री श्रेष्ठले भने, ‘प्रत्येक विदेशमा बस्ने नेपालीले एकजना नेपालीलाई नेपाल जाऔँ भन्ने अभियान चलाऔँ भन्ने अभियान थालेका छौँ । पर्यटन क्षेत्रलाई विकास र आकर्षित गरेर काम अघि बढाउनुपर्छ भन्ने मान्यतासहित सरकारले काम गरिरहेको छ ।’ 

उनले स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाए ।  





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार ११:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया