यु १५ महिला साफका लागि एन्फाले खुला छनोट गर्ने

यु–१५ साफ महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिम बनाउन खुल्ला खेलाडी छनोट गर्ने भएको छ ।

एन्फाले सोमबार आफूअन्तर्गत गठित ४८ जिल्ला फुटबल संघलाई छनोटका लागि १५ वर्षमुनिका खेलाडीलाई पोजिसन अनुसार छनोट गर्न आग्रह गरेको हो । 

एन्फाले सन् २००७ जनवरी एकसम्म जन्ममिति भएका खेलाडीहरुले छनोटमा सहभागी हुन पाउने उल्लेख गरेको छ ।

एन्फाले भदौ दुई गतेदेखि १० गतेसम्म जिल्लास्तरीय छनोटमार्फत सम्बन्धित जिल्लाका प्रशिक्षकहरुले सोही दिनको साँझ एन्फामा छनोट भएका खेलाडीहरुको नामावली र फारम पठाउनुपर्ने जनाएको छ ।

यस्तै, भदौ १५ गतेदेखि १९ गतेसम्म पाँच दिनको प्रदेशस्तरीय छनोट हुने र २३ गतेदेखि २८ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय स्तरको छनोट हुने जनाएको छ ।

यसपछि भदौ ३० गते प्रारम्भिक चरणमा ४० जना खेलाडीको नामावली प्रकाशन गर्ने र ३१ गतेदेखि प्रशिक्षण हुने तालिका छ । 



असोज सात गते ४० जनाबाट २५ जना खेलाडी छनोट गर्ने, १६ गतेदेखि २२ गतेसम्म दसैं विदा र २३ गतेदेखि २० दिनको प्रशिक्षण सुरु गर्ने एन्फाले तालिका सार्वजनिक गरेको छ ।

यद्यपि, मुख्य प्रशिक्षकको विषयमा भने एन्फाले कुनै निर्णय गरेको छैन । 



  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १८:३९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया