अवैध काठसहित मोटरसाइकल प्रहरी नियन्त्रणमा

अवैध काठसहित तीनवटा मोटरसाइकललाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । वनजंगलबाट काठ तस्करी गरी मोटरसाइकल हालेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो ।

आइतबार राति ११ बजे दमक नगरपालिका–३ स्थित बेलडाँगीमा २६ क्युफिट काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

सिसौ जातको तीन थान गोलिया काठ बोक्ने प्र १–०१–०१५ प ६४१, को ३१ प ८२२२ र मे ९ प ९८४९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरी देख्नासाथ काठ तस्करहरू काठ र मोटरसाइकल छाडेर भोगेका थिए । बरामद गरिएको काठ र मोटरसाइकल  सोमबार इलाका वन कार्यालय बेलडाँगी दमक बुझाइसकेको र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार २०:४४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया