‘बाबरी’ फिल्मको ट्रेलर सार्वजनिक

नेपाली फिल्म बाबरीको ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । 

फिल्ममा अभिनेता धिरज मगर, अदिति बुढाथोकी, धीरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलीप गुरुङ, दिचेन्ला वाङ्बोलगायतको अभिनय रहेको छ । 

कार्यक्रममा बोल्दै अभिनेता मगरले नेपाली सिने क्षेत्रमा स्टारडम बनाउन र अरुको ठाउँ ओगट्न आफू नआएको बताए । आफ्नो कलालाई सकेसम्म राम्रो गर्ने उद्देश्यका साथ कलाकारितामा लागेको र अग्रजहरुका अभिनयलाई हेरेर सिक्दै अघि बढ्ने उनले बताए । 

त्यस्तै, अभिनेत्री बुढाथोकीले काम गर्दा कुनै कठिनाइ नभएको बताइन् । फिल्म धेरै मिहिनेत गरेर बनाएकाले हेर्नयोग्य रहेको उनले बताइन् । 
चलचित्र बाबरी आगामी असोज १४ गते देशभर प्रदर्शन हुनेछ । चलचित्र निर्माणको काम नसकिएकोले १४ दिन पछाडि सारिएको हो । 

फिल्म अभिनेत्री बुढातोकीका मातापिता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् । फिल्ममा संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको छ । फिल्म निर्देशन र सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् ।  





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार २१:१८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया