उदयपुरमा टिपर दुर्घटना : दुईको मृत्यु, एकजना घाइते

उदयपुरको कटारी नगरपालिका–८ कुरिङभञ्याङमा आज टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा टिपरमा सवार स्थानीय ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन् । 

घाइते भएका ४० वर्षीय चन्द्र बहादुर मगरको कटारी अस्पतालमा उपचार भइरहेको छ । कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आज बिहान १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । 

चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १३:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया