सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ गीत बजारमा

गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत बजारमा आएको छ । 

पछिल्लो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्यापस्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक एवं संगीतकार कर्साङ लामाको स्वर रहेको छ । 

गीत बिरिसु न्युजको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याइएको हो ।

पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन् भने कर्साङ लामाले संगीत संयोजन, ध्वनि सम्पादन र संगीत गरेका हुन् । 

गंगाराम राईले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई तामाङ चलचित्रका नायक अमिर दोङ्ले निर्देशन, कोरियोग्राफी र सम्पादन गरेका हुन् ।

भिडियोमा अशिम लोप्चन, सञ्जय बोम्जन, राज श्रेष्ठ, कविता तामाङ, विश्व तामाङ, अस्मिता तामाङ, मन्दिरा तामाङ, क्रिष्टिना जिम्बा, मरिचमन योन्जन, अमृत रुम्बा र प्रबी तामाङको अभिनय समेटिएको छ ।





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १७:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया