रुसी हमलामा युक्रेनको खार्किभमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त हमलामा १६ जना घाइते भएका छन् ।
युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले उक्त हमलालाई घृणित र निन्दनीय बताएका छन् । हमलामा एउटा फ्ल्याटका ब्लक पूर्णरूपमा ध्वस्त भएको बताए ।
आक्रमणको कुनै औचित्य नभएको र यसले अतिक्रमणकारीको शक्तिहीनता प्रदर्शन गरेको बताए । आक्रमणको बदला लिने पनि उनले चेतावनी दिएका छन् ।
‘हामी माफ गर्दैनौं, हामी बदला लिनेछौँ’, राष्ट्रपति जेलेन्स्कीले भनेका छन् । विस्फोटपछि उत्तरपूर्वी सहरको उक्त फ्ल्याटको ब्लकमा आगो लागेको सहरका मेयरले बताएका छन् ।
यसअघि उक्त हमलामा तीन जनाको ज्यान गएको र १० जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले बताएका थिए । फेब्रुअरीको सुरुमा खार्किभलाई रुसी सेनाले घेरा हालेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।