गर्मी बढेसँगै दक्षिणी चीनमा ५० लाख मानिस लोडसेडिङको चपेटामा

दक्षिण पश्चिम चीनका ५० लाखभन्दा बढी मानिसले बुधबार लोडसेडिङको सामना गरेका छन् । गर्मीको लहरले बिजुली आपूर्तिमा संकट भएसँगै लाखौँ मानिसले लोडसेडिङ सामना गर्न बाध्य भएका हुन् । 

हालैका दिनहरूमा सिचुआन प्रान्तमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ, जसका कारण एयर कन्डिसनको माग बढेको छ । यस क्षेत्र आफ्नो बिजुली उत्पादन गर्न बाँधमा पनि धेरै निर्भर छ । तर, गर्मीले जलाशय सुक्न थालेको छ जसका कारण ऊर्जा अभावलाई बढाएको छ ।

प्रान्तको उत्तरपूर्वी ५ दशमलव ४ मिलियन जनसंख्या भएको सहर दाझोयुमा बुधवार मात्र विद्युत् आपूर्ति हुने एक स्थानीय पावर कम्पनीलाई उल्लेख गर्दै सांघाईस्थित एक स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उक्त क्षेत्रमा दैनिक तीन घण्टासम्म लोडसेडिङ हुने र आवश्यक परे कटौती लम्ब्याउन सकिने प्राप्त विवरणमा जनाइएको छ ।

विद्युत् अभावमा जापानी अटोमेकर टोयोटासँगको संयुक्त उद्यमसहित सिचुआनका कारखानाहरू काम रोक्न बाध्य भएका छन् । 





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार ७:३०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया