गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत बजारमा आएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल र्यापर निमा लामा, र्यापस्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक एवं संगीतकार कर्साङ लामाको स्वर रहेको छ ।
पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन् भने कर्साङ लामाले संगीत संयोजन, ध्वनी सम्पादन र संगीत गरेका हुन ।
गंगाराम राइले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्ले निर्देशन, कोरियोग्राफी र सम्पादन गरेका हुन् भने राजु तामाङले कलर गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।