नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ ।

बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् । 

सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । उनले  मत ‍विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गरे । 





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १७:४६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया