प्रदेश सरकारबारे टिप्पणी, मूल्यांकन र आलोचना गर्ने समय भइसकेको छैन : मन्त्री खनाल

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानु मन्त्री कृष्ण शर्मा खनालले प्रदेश सरकारको औचित्य खराब नभएको र खारेज गर्नुपर्छ भन्ने कुराहरु गलत भएको बताएका छन् । प्रदेश तहबारे जुन प्रकारले टीकापिप्णी भएका छन्, त्यो सही नभएको उनले बताए ।

प्रदेश सरकारले जारी गरेको अध्यादेश तथा कानुन निर्माणको अवस्थाबारे जानकारी दिने उद्देश्यले बिहीबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले प्रदेश सरकारको बारेमा सामाजिक सञ्जालमा सतही टिप्पणी मात्र भएको भन्दै प्रदेश सरकारबारे टिप्पणी, मूल्यांकन र आलोचना गर्ने समय भइनसकेको स्पष्ट पारे ।

नयाँ संरचना चल्नका लागि केही समय लाग्ने भन्दै उनले अहिले प्रदेश तह कानुन निर्माणको बाटोमा रहेको कारण मानिसहरुले टिप्पणी गर्ने गरेको उल्लेख गरे । सयौँ वर्षबाट संघीय सरकारको व्यवस्था हेरेका नागरिकलाई प्रदेश तह नौलो लागेको भन्दै उनले कानुन निर्माणको काम सम्पन्न भइसकेपछि प्रदेश तहले संघीयताको मर्मअनुसारको कामलाई गति दिने बताए ।

प्रदेश सरकार स्थापनाको पाँच वर्ष पनि पूरा भइनसकेको कारण प्रदेश तहको आलोचना गर्ने समय आइनसकेको उनको भनाइ थियो ।

त्यसो त, प्रदेश तहको कामकाजलाई अघि बढाउनको लागि सरकारले बाध्य भएर अध्यादेश जारी गर्नुपरेको भन्दै मन्त्री खनालले प्रदेशसभालाई छलेर अध्यादेश ल्याउनु आफूहरुको कुनै षड्यन्त्र नभएको बताए । यसअघि ल्याइएका केही अध्यादेश समयअभावका कारण प्रतिस्थापन विधियेकमार्फत कानुन बनाउन नसकिएको भन्दै उनले सोही कारण योपटक पुनः ल्याउनुपरेको उल्लेख गरे ।

प्रदेश सरकारले हालसम्म ५७ वटा ऐन बनाइसकेको र त्यसमा १४ वटा संसोधन भएको भन्दै हालसम्म सरकारले १० वटा अध्यादेश जारी गरेकोमा चारवटा प्रदेशसभाबाट प्रतिस्थापन भइसकेको उनले बताए । प्रदेश सरकारकाले हालसम्म संसोधनसहित १७३ वटा कानुन निर्माण गरेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १७:५७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया