एक महिने सांगीतिक प्रस्तुतिका लागि आर्थर गन नेपाल आइपुगे

अमेरिकन आइडल फाइनलिस्ट नेपाली मूलका गायक दिवेश पोखरेल (आर्थर गन) नेपाल आइपुगेका छन् । शनिबारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि उनी नेपाल आएका हुन् ।

बिहीबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि सांगीतिक प्रस्तुति दिन नेपाल आएको बताए ।

बुधबार (१७ अगस्ट)मा नेपाल आइपुगेका दिवेश एक महिना नेपाल बस्नेछन् । सांगीतिक प्रस्तुतिका साथै उनी नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रममा पनि सहभागी हुनेछन् । 

शनिबार काठमाडौंको क्लब प्लाटिनमबाट सुरु भएर उनको सांगीतिक प्रस्तुति अगस्ट २४ मा चितवन, अगस्ट २६ मा पोखरा र अगस्ट ३१ मा बुटवलमा हुनेछ ।





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार २१:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया