सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’को तयारी

ढाका इभेन्टले फरक शैलीको सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार प्रतियोगिताका लागि चाँडै नै काठमाडौंमा अडिसन हुँदै छ ।

ढाका इभेन्टकी सञ्चालक सुजु पाण्डेले सांस्कृतिक मूल्य, मान्यता, मौलिक परिचयको महत्त्वलाई सम्बोधन र प्रवर्द्धन गर्ने उद्देश्यले ‘ढाका फेस’ को अवधारणा ल्याइएको बताइन् ।

कम्पनीले यसअघि नेपालमै पहिलो पटक ‘ढाका ब्राइडल रनवे’ को आयोजना गरेको थियो । यो शोमा परमिता राणा, अश्मी श्रेष्ठ, करुणा श्रेष्ठ, सविता कार्की, सिर्जना रेग्मीलगायतका मोडलले र्याम्प नापेका थिए । कम्पनीले ‘मिलाने रनवे’ र ‘ढाका रनवे’ जस्ता शोको आयोजना पनि गरिसकेको छ । 





  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार ११:५२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया