बुन्डेस लिगा : सुरूवाती अग्रता जोगाउन नसक्दा डर्टमन्ड पराजित

जर्मन बुन्डेस लिगा अन्तर्गत आज सम्पन्न खेलमा बोरूसिया डर्टमन्ड पराजित भएको छ । ऊ घरेलु मैदान सिंगल इडुना पार्कमा एसभी वेर्डर ब्रेमेनसँग ३–२ ले पराजित भएको हो ।

सुरूवाती दुई गोलको अग्रता जोगाउन नसक्दा घरेलु टोली स्तब्ध बन्न पुग्यो । पहिलो हाफको थप गरिएको समयमा जुलियन ब्रान्डले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

७७औँ मिनेटमा राफेल गुरेरोले डर्टमन्डको अग्रता दोब्बर बनाए । ८९औँ मिनेटमा लि बुकाननले गोल गर्दै ब्रेमेनलाई २–१ को अवस्थामा ल्याए । दोस्रो हाफको थप गरिएको समयमा निकलस स्मिटले पाहुना टोलीलाई २–२ को बराबरीमा ल्याए । थप गरिएको समयमै ओलिभर बुर्केले गोल गरेपछि ब्रेमेनले ३–२ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै तीन खेलमा पाँच अंक जोडेको ब्रेमेन सातौँ स्थानमा उक्लिँदा पराजित डर्टमन्ड समान खेलबाट ६ अंकका साथ छैटौँ स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा माइन्जले अगस्बर्गलाई २–१, होफिनहेइमले बायर लिभरकुसेनलाई ३–० तथा फ्रेइबर्गले स्टुटगार्टलाई १० ले हराउँदा उल्फ्सबर्ग र साल्केले गोलरहित बराबरी खेले ।





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार २१:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया