सहज जित निकाल्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । गएराति घरेलु टोली बर्नमाउथलाई ३–० ले हराउँदै उसले लगातार तेस्रो जित निकालेको हो ।

डिन कोर्टमा भएको खेलमा आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई तथा विलियम सालिबाले एक गोल गरे । खेलको पाँचौं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ११ औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

५४ औं मिनेटमा सालिबाले गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए । त्यस्तै, ७२ औं मिनेटमा आर्सनलका ग्राबियल जिससले गरेको गोलले भने मान्यता पाएन् । भिएआरमा उनी अफसाइड देखिएका थिए ।

योसँगै आफ्नो विजयी यात्रालाई कायम राखेको आर्सनल तीन खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा पराजित बर्नमाउथ समान खेलमा तीन अंकका साथ १४ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१, फुलहमले ब्रेन्टफोर्डलाई ३–२, साउथह्यामटनले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दा एभर्टन र नटिङ्घम फरेस्टले १–१ को बराबरी खेले । 





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार ६:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया