महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन् । चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने मिटरब्याजी साह शनिबार राति पक्राउ परेका हुन् ।
उनलाई महोत्तरीको भंगहा नगरपालिका–५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
उनका अनुसार सुदखोर साहविरुद्ध ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही चलाइनेछ । पंगेनीले गैरकानुनीरूपमा चर्को ब्याजदरमा भंगहा गरपालिकालगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।