गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ, अब एकपटक मात्र चुनाव लड्छु : झलनाथ खनाल
फरकधार / ५ भदौ, २०७९
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिमपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । उनले इलाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार रहने बताए । 



‘जनतासँगको माया पिरती टुटेको छैन । ४८ सालदेखि चुनाव लड्दै आएको छु । अब एकपटक लड्छु,’ आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग खनालले भने । 

उनले इलाम–१ बाट चुनाव जित्ने जित्ने विश्वाससमेत व्यक्त गरे । अहिले पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए । ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ । एक्लो ढेडुको असफलता अनिवार्य छ ।’  





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार ११:४३:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया