कैलालीमा दुई नाबालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ

कैलाली प्रहरीले दुई जना नाबालिका बलात्कार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ । ७ वर्षीया र ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको लम्की चुहा–८ बचेलाका ६२ वर्षीय गणेशसिंह ठकुरीलाई सोमबार पक्राउ गरेको हो ।

गएको साउन ३१ गते दिउँसोको समयमा दुई नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आइतबार इलाका प्रहरी कार्यालय लम्कीमा जाहेरी दिएपछि प्रहरीले ठकुरीलाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ पश्चात् उनीमाथि अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ। 





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १७:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया