प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । उसले गएरातिको खेलमा लिभरपुललाई २–१ ले हराउँदै लिगमा पहिलो जित निकालेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन जाडोन साञ्चो र माकुर्स रासफोर्डले एक/एक गोल गरे । लिभरपुलका लागि मोहम्मद सलाहले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा साञ्चोको गोलमनर्फत युनाइटेडले अग्रता लिएको थियो । ५३ औं मिनेटमा रासफोर्डले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

८१ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा युनाइटेडले २–१ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै तीन खेलमा तीन अंक जोडेको युनाइटेड १४ औं स्थानमा रहँदा पहिलो पराजय बेहोरेको लिभरपुल समान खेलबाट दुई अंकका साथ १६ औं स्थानमा छ ।  





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार ६:५५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया