अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन

भारतीय जनता पार्टीकी नेतृ एवं अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन भएको छ । उनी आफ्ना केही कर्मचारीसँगै गोवा भ्रमणमा गएका बेला हृदयाघातका कारण निधन भएको हो । 

हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले सोनालीको निधनप्रति दुःख व्यक्त गरेका छन् । हरियाणाका पछिल्लो विधानसभा चुनावमा भाजपाले उनलाई कुलदिप बिश्नोईविरुद्ध मैदान उतारेको थियो । यद्पि उनले चुनाव हारेकी थिइन् । 

अहिले कुलदीप कांग्रेस छोडेर भाजपा प्रवेश गरेका छन् । सोनाली रियालिटी शो बिग बोसको एक सदस्य थिइन् ।    





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार ११:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया