चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट सुधार्न पूर्वप्रधानन्यायाधीशसहितका अगुवाको अपिल

काठमाडौं– नागरिक अगुवाहरुले गोविन्द केसी सत्याग्रहमा रहेकै वेला प्रतिनिधिसभाको बैठकबाट जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित भएको र यसअघि नेपाल सरकारले डा. केसीसँग गरेको सम्झौता उल्लंघन भएकोमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

माथेमा कार्यदलका स‌ंयाेजक प्रा केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितका नागरिक अगुवाले आज विज्ञप्ति जारी गर्दै अबको राष्ट्रिय सभा बैठकमा चिकित्सक विधेयक पेस हुँदा डा. केसीसँग सरकारले गरेको सम्झौताबमोजिम सुधार गरेर पारित गर्न अपिल गरेका छन् ।

‘अबको राष्ट्रिय सभा बैठकमा उक्त विधेयक पेस हुँदा डा. केसीसँग सरकारले गरेको सम्झौताबमोजिम सुधार गरेर पारित गर्ने व्यवस्था गरियोस् भनेर नागरिक समाजले अपिल गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ । 

सरकारले डा. केसीसँग गरेको सम्झौताअनुसार ऐन जारी गर्दा चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन तथा यसअघि जारी भएका अध्यादेशहरू अनुरूप हुने मात्र नभई त्यसले सरकार, मेडिकल शिक्षाका नियामक निकाय तथा अब मेडिकल कलेज खोल्न प्रयासरत पक्षहरूसमेत सबैको हित हुने विज्ञप्तिमार्फत अगुवाहरुले भनेका छन् । 

विज्ञप्ति जारी गर्नेमा नागरिक अभियन्ताका साथै प्राध्यापक, चिकित्सक, शिक्षविद्, अर्थविद्लगायत विभिन्न क्षेत्रका विज्ञ छन् । 

विज्ञप्ति जारी गर्ने अगुवाहरु:



  • केदारभक्त माथेमा
  • सुशीला कार्की
  • महावीर पुन
  • अभि सुवेदी
  • भोजराज पोखरेल
  • स्वर्णिम वाग्ले
  • विजय लामा
  • कृष्ण धरावासी
  • जयराज आचार्य
  • दुर्गा सुवेदी
  • कपिल श्रेष्ठ
  • मनप्रसाद वाग्ले
  • भैरव रिसाल
  • डा. रामेश कोइराला
  • वीरेन्द्रकुमार मिश्र
  • रवीन्द्रसिंह वानियाँ
  • यादव खरेल
  • गोविन्दराज पोखरेल
  • प्रत्युष वन्त
  • शेखर खरेल
  • राम कुमार भण्डारी
  • फडिन्द्र लुईटेल
  • दिनेश प्रसाइँ
  • सावित्री श्रेष्ठ
  • गीता रसाइली
  • देवी सुनुवार
  • गोपाल साह


  • प्रकाशित मिति : माघ १३, २०७५ आइतबार १७:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया