डा केसीकाे पक्षमा आजदेखि चिकित्सकहरु अनसनमा

काठमाडाैं- आफूसँग सम्झाैता भएबमाेजिम चिकित्सा शिक्षा विधेयक पारित नगरिएकाे भन्दै अनसनमा बसेका डा. गाेविन्द केसीकाे समर्थनमा नेपाल चिकित्सक संघले विधेयक संशाेधन गर्न माग गरेकाे छ । याेसँगै केसीका माग पुरा गर्न दबाब दिने उद्देश्यले आन्दाेलनरत चिकित्सकहरु आज बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनसन बस्ने भएका छन् ।

सरकारले डा. केसीका माग र उनकाे सत्याग्रहलाई बेवास्ता गरेकाे आराेप चिकित्सक संघले लगाएकाे छ । 

प्रधानमन्त्रीले आफ्नाे बाेली र सम्झाैतामा बेइमानी गरेकाे र यसले प्रधानमन्त्री पदकाे गरिमा नै घटाएकाे चिकित्सक संघले निष्कर्ष निकालेकाे छ । 

चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले डा. केसीकाे आन्दाेलन सम्पूर्ण चिकित्सककाे भएकाे र यसले कुनै पार्टीलाई प्रतिनिधित्व नगर्ने पनि जनाए । उनले सरकारका डर र धम्कीसँग आफूहरु नडराउने पनि बताएका छन् । 

केसीका माग पूरा नभएसम्म आन्दाेलन जारी राख्ने र आन्दाेलनमा हाेमिन चिकित्सकहरु तयार रहेकाे र रहनु पर्ने पनि श्रेष्ठले बताएका छन् ।





  • प्रकाशित मिति : माघ १३, २०७५ आइतबार २३:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया