युक्रेनी रेलवे स्टेसनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।
‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेसनमा रुसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु । कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक भाषणमा भनेका छन् ।
उनले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् । विस्फोटपछि चारवटा यात्रु कारमा आगो लागेको पनि राष्ट्रपति जेलेन्स्कीलेले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।