मिस ग्राण्ड नेपाल २०२२ : भदाै ११ गतेबाट अडिसन, २५ गते फाइनल

मिस ग्राण्ड नेपाल २०२२ को १०औँ संस्करण हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १०औँ संस्करण हुने जानकारी दिएको हो । 

सन् २०१३ देखि हुँदै आएको प्रतियोगिताको यो दशौँ संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । यसपटकको मिस ग्राण्ड नेपाल ‘हिंसा र युद्ध रोकौँ’ भन्ने मूल नारासहित सञ्चालन हुँदै छ । 

सहभागी हुन चाहनेले भदौ ११ गतेबाट अडिसन दिनुपर्ने र १३ गते छनोट हुने आयोजकले बताएको छ । १४ गते ओरिन्टेसन गराइने र भदौ २५ गते काठमाडौंस्थित एक होटलमा ग्राण्ड फिनाले हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागी युवतीहरु १८ देखि २८ वर्ष उमेर समूहको हुनुपर्ने र यसमा देशभरका युवतीहरु सहभागी बन्न पाउनेछन् । सहभागी युवतीको उचाइ कम्तीमा ५ः४ इन्च हुनुपर्नेछ । 

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अनुपविक्रम शाहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताए । त्यस्तै र्यापर आशिष राना (लाहुरे)ले गीत गाइरहेको भए पनि अब नयाँ क्षेत्रमा प्रवेश गरेर उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको बताए । 

मिस ग्राण्डमा प्रथम हुने युवतीले इण्डोनेसियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी बन्न पाउनेछन् । 



युवतीको शैक्षिक योग्यता कम्तीमा प्ल्स टु पास हुनुपर्नेछ । प्रतियोगिताले युवतीहरुको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । 
 



  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १९:७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया