अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी परेको छ । प्रसाद–२ का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् ।
प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए । जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो । कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् ।
कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको भन्दै सुटिङ नगरी हिँड्नु परेको बताउँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।