काठमाडौं महानगरको टोलीले खाली गरायो राहदानी विभागको बेसमेन्ट [तस्बिरहरू]

काठमाडौं महागरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र खाली गराएको छ । महानगरको टोलीले आज विभागको बेसमेन्ट पार्किङ खाली गराएका हो । पार्किङस्थलको लागि नक्सापास गरिएको ठाउँमा सेवाग्राही बस्ने कुर्सीहरू राखिएको थियो । ती कुर्सीहरू महानगरले बाहिर निकालेको हो । नगर प्रहरीले कुर्सी हटाएर पार्किङ क्षेत्र खाली गराएका हुन् । 

बिहीबार महानगरले नयाँ बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर लगाएको थियो । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको हो । मेयर बालेन्द्र शाह (बालेन) आफैं फिल्डमा खटिएर अवैध संरचना भत्काउन निर्देशन दिइरहेका छन् ।   

यसरी खाली गरियो राहदानी विभागको बेसमेन्ट, हेुर्नस् तस्बिर :





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १४:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया