निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले यसअघि उनलाई सहयोग गरेको २१ हजार रुपैयाँ र उनका छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छिन् ।
करिश्माको गोदावरीस्थित घरमा नै पुगेर उनले पैसा र चश्मा फिर्ता गरेकी हुन् । उनी दुई वर्षको छोरा च्यापेर करिश्मालाई पैसा दिन पुगेकी थिइन् ।
यसअघि असारमा निहारिका अनसन बसेको वसन्तपुरमा पुगेर उनलाई सहयोग गर्ने भन्दै २१ हजार रुपैयाँ दिएकी थिइन् । तर, गत साता उनले फेसबुकमा एउटा स्टाटस लेखेर आफूले गलत ठाउँमा पैसा दिएको आभास भएको दाबी गरेकी थिइन् ।
उनले आफूले गलत गरेको दाबी गर्दै फेसबुकमा निहारिकाका केही तस्वीर पनि राखेकी थिइन् ।
आज निहारिका उनको घरमा पुग्दा उनी एक तीज कार्यक्रमका लागि सजिएर जान तयार थिइन् । त्यहाँ नै पुगेर निहारिकाले पैसा फिर्ता दिएकी हुन् ।
पार्टी प्यालेसमा पुगेकी करिश्मा र निहारिकाबीच पार्टी प्यालेसमा नै केहीबेर भनाभन भएकोसमेत सार्वजनिक एक भिडियोमा देखिन्छ ।
पैसा फिर्ता गरेपछि निहारिकाले करिश्माविरुद्ध आफ्ना नीजि तस्वीर सार्वजनिक गरेकामा उजुरी दिने तयारी गरेकोसमेत बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।