माेरङकाे सुन्दरहरैचामा टिपरकाे ठक्करबाट बालिकाकाे मृत्यु, स्थिति तनावग्रस्त, ६ टिपर जलाइए

विराटनगर– माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा टिपरकाे ठक्करबाट एक बालिकाकाे मृत्यु भएकाे छ । बालिकाकाे मृत्यु भएलगत्तै घटनास्थलमा विराेध प्रदर्शन सुरु भएकाे छ । 

विराटचाेकबाट विराटनगर जाँदै गरेकाे टिपरले ठक्कर दिँदा सुन्दर हरैँचाकी लक्ष्मी ढकालकाे मृत्यु भएकाे हाे । बाटाे काट्दै गर्दा लक्ष्मीलाई टिपरले ठक्कर दिएकाे थियाे । उनकाे घटनास्थलमा नै मृत्यु भएकाे हाे । 

प्रहरीले लक्ष्मीलाई ठक्कर दिएकाे र अन्य पाँच टिपरमा स्थानीयले आगाे लगाएकाे जनाएकाे छ । 

आन्दाेलित स्थानीयले प्रहरीमाथि पनि ढुङ्गामुढा गरेका छन् । स्थानीय प्रशासनले उक्त क्षेत्रमा निषेधित क्षेत्र घाेषणा गरेकाे छ । विराटनगरमा बसेको जिल्ला सुरक्षा समिति मोरङको आपतकालीन बैठकले अर्को आदेश नभएसम्म निषेधित क्षेत्र घोषणा गरेकाे हाे । 





  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १२:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया