दोर्दी गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

लमजुङ दोर्दी गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत मिस्टर हाइदरशाहबीच भेटवार्ता भएको छ । गाउँपालिका अध्यक्ष अधिकारीले केही दिनअघि पाकिस्तानी राजदूतावास भवनमै पुगेर उनीसँग भेट गरेका हुन् ।

गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार भेटमा आपसी सहयोगको विषयमा र नेपालको समसामयिक विषयमा छलफल भएको छ । सो भेटका क्रममा पालिका अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिका र जिल्लाको गतिविधि जानकारी गराउनुका साथै विकासका लागि सहयोग गर्न आग्रह समेत गरेका छन् । त्यस्तै राजदूत हाइदरशाहले साथ सहयोग आगामी दिनमा पनि जारी रहने बताए । 

पालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच एक–आपसमा सम्पर्क बढाई भोलिका दिनमा सम्बन्धलाई राम्रो बनाउँदै लैजाने सहमति समेत भएको छ । उक्त भेटका क्रममा पाकिस्तानी राजदूतले दोर्दी गाउँपालिकाको प्रयोजनका लागि ५ थान कम्प्युटर उपलब्ध गराएका छन् । राजदूत हाइदरशाहले पालिका अध्यक्ष अधिकारीले हस्तान्तरण गरेका थिए ।

राजदूतलाई पालिका अध्यक्ष अधिकारीले कम्प्युटर सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार १७:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया