नेपालमा थपिए १७३ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा १७३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ६५ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाका संक्रिय संक्रमितको संख्या ३ हजार ६१२ पुगेको छ ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार १८:३७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया