‘कबड्डी ४’ पछि हलहरूमा फिल्म ‘प्रकाश’ले उत्साहजनक व्यापार सुरू गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’का शनिबार २६ सोभन्दा बढी थिए ।
आज अधिकांश सोहरू हाउसफूल रहेको मल्टिप्लेक्स संघका उपत्यका अध्यक्ष सुरेन्द्रकुमार थापाले बताए । ‘बुटवल, पोखरा र नारायणघाटमा पनि व्यापार उत्साहजनक भएको छ । आइतबारबाट हामीले अझै सोहरू थपेका छौँ,’ थापाले भने ।
दर्शकहरूको चाप बढ्दा पनि क्यूएफएक्सले साँझको सो नदिँदा प्रकाश टिम आक्रोशित बनेको थियो । ‘प्रकाश’ टिम रिसाएपछि साँझ क्यूएफएक्सले साढे पाँच बजेको सो पनि थपेको थियो ।
कर्णालीको कथा रहेको ‘प्रकाश’मा अभिनेता प्रदीप खड्का र अभिनेत्री दिया मास्केको अभिनयलाई दर्शकले रुचाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।