प्याब्सन विराटनगरको सामूहिक लोकनृत्य प्रतियोगितामा एभरेस्ट प्रथम

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) विराटनगर महानगर कमिटीले आयोजना गरेको सामूहिक लोकनृत्य प्रतियोगितामा एभरेस्ट स्कुल प्रथम भएको छ । प्रतियोगिता अन्तर्गतका आधारभूत तह (कक्षा १–८) का  र माध्यमिक तह (कक्षा ६– १२) का विद्यार्थी बिचको प्रतिस्पर्धा दुबैमा एभरेस्ट प्रथम भएको हो । 

प्राथमिक तहका १२ विद्यालय सहभागी आधारभूत तहको नृत्य र १४ विद्यालय सहभागी माध्यमिक तहको लोक नृत्य प्रतियोगिता दुबैमा विराटनगर– ५ स्थित एभरेस्ट स्कुल प्रथम भएको हो । आज आरोहण गुरुकुलमा आयोजित महानगर स्तरीय प्रतियोगितामा सामूहिक लोकनृत्यमा एभरेस्ट स्कुल प्रथम भइरहँदा क्रमशः उत्कृष्ट चार भइरहँदा पोल स्टार स्कुल, सुम्निमा स्कुल र बुढानीलकण्ठ स्कुल छनौट भएका छन् । 

यस्तै माध्यमिक तहको सामूहिक लोकनृत्यमा एभरेस्ट स्कुल प्रथम भइरहँदा प्यारागन स्कुल, ग्रेडेड स्कुल, पोल स्टार स्कुल र सिद्धार्थ स्कुल चयन भएका छन् । विराटनगर प्याब्सनले लिएको अडिसनबाट उत्कृष्ट भएका स्कुलले प्याब्सन मोरङले आयोजना गरेको जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । 

विराटनगर प्याब्सनका सचिव अशोक लामा अनुसार प्याब्सन जिल्लाले आयोजना गरेको अंग्रेजी हिज्जे र सामूहिक लोकनृत्य प्रतियोगिता अन्तर्गत विराटनगर महानगर स्तरीय छनौट प्रतियोगिता सम्पन्न भएको छ । जस अन्तर्गत आज सम्पन्न सामूहिक लोक नृत्यको दुवै तहको विधामा एभरेस्ट प्रथम भएको हो । यस्तै हिजो (शुक्रबार ) सम्पन्न ब्रिटिस आधारित अङ्ग्रेजी हिज्जे प्रतियोगितामा सेन्ट जोसेफ स्कुल, डिपिएस स्कुल, मदरल्याण्ड स्कुल, ग्रिनल्याण्ड स्कुल,एभरेस्ट स्कुल, बिकेभिएम स्कुल र गौतमबुद्ध स्कुल छनौट भएका छन् । 

प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगिताको फाइनल यहि भदौ १५ र १६ गते फाइनल प्रतियोगिता हुने प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बाले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै पालिकाबाट प्रतियोगितामा सहभागी भएका विद्यालयको उत्कृष्ट एक तिहाइले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने छन् । विराटनगरमा महानगरमा भने हिज्जे प्रतियोगितामा प्याब्सन मोरङका सचिव अशोक लामा र सामूहिक लोकनृत्य अर्जुन श्रष्ठको संयोजकत्वमा सम्पन्न भएको हो ।





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ७:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया