बैतडीमा बुवाको हत्या गर्ने छोरा कारागार चलान
सांकेतिक तस्विर

बैतडीमा बुवाको हत्या गर्ने छोरा कारागार चलान भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका ५ सेराका २२ वर्षीय लोकराज जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 

लोकराजले आफ्ना ६८ वर्षीय बुवा अन्तराम जोशीलाई गएको साउन १३ गते बन्चरो प्रहार गरेर हत्या गरेका थिए । उनलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । घटनाको अनुसन्धान सकेर जोशीलाई अदालतमा पेस गरेपछि उनलाई कारागार पठाइएको हो । 





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ७:२७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया