प्रहरी उपरीक्षक पोखरेलप्रति गृहमन्त्रीद्वारा श्रद्धाञ्जली

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बलराम पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

शनिबार बाराका प्रमुख जिल्ला अधिकारीसँगै चढेको गाडी दुर्घटनामा निधन भएका प्रहरी उपरीक्षक पोखरलको निवास सानोभर्याङ पुगेर गृहमन्त्री थापाले श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरे । गृहमन्त्री थापाले पोखरेलको निधनले कर्तव्यनिष्ठ, व्यावसायिक अधिकृत गुमाएको भन्दै दुःख व्यक्त गरे । 

गृहमन्त्री थापाले सोमबारै दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समेत स्वास्थ्यअवस्थाबारे जानकारी लिए । उनले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी पुगेर उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । 

गृहमन्त्री थापाले उपचारको खर्च सरकारले बेहोर्ने भन्दै उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशनसमेत दिएका थिए । 





  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १४:६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया