चलचित्र ‘झिँगे दाउ’ १७ भदौबाट प्रदर्शनमा आउने भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्ममा गायिकाद्वय केकी अधिकारी र आँचल शर्मा, कलाकारद्वय मुकुन भुषाल र कुशल विष्टको मुख्य भूमिका छ ।
यो फिल्मले घरमा बुहारी भित्रिएपछि छोराबीच कसरी झगडा सुरु हुन्छ र आमा–बाबुको परिवारमा नै उतारचढाव कसरी हुन्छ भन्ने देखाउन खोजेको छ ।
साहित्यकार भीमनिधि तिवारीको आख्यानमाथि चलचित्र निर्माण गरिएको हो । फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ । फिल्ममा सुशिल दाहाल र इश्वर घिमिरे सह–निर्माताको रूपमा छन् ।
फिल्ममा प्रदीप भारद्धाजको कथा र संवाद, बिष्णु घिमिरे ‘कल्पित’को छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । भीमनिधी तिवारीको चर्चित कृति ‘झिँगे दाउ’मा आधारित रहेर यो फिल्म तयार पारिएको हो ।
अहिले कलाकार तथा निर्माण युनिट चलचित्रको प्रचारप्रसारमा व्यस्त रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।