भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताबारे जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अभिनेता गोविन्दाले दर्शकले कलाकारलाई सधैँ साथ दिनुपर्ने बताए । उनले नेपालसँगको आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए । उनले हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको पनि बताए ।
कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने बताए । उनले कलाकारले व्यापार, व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकोले कलाकार धनदाता मातापिता उद्योगी, व्यापारी भएको बताए ।
भूषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रूपमा भाग लिन गोविन्दा नेपाल आएका हुन् । चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।