अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको म्यानेजर

अखिल नेपाल फुटबल (एन्फा)ले बंगलादेशविरुद्धको खेलका लागि अनिल श्रेष्ठलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ । श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका व्यवस्थापक हुन् ।

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि श्रेष्ठलाई टिम व्यवस्थापकको जिम्मेवारी दिइएको हो । एन्फा महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र दिए । 

यसअघि मधुसुदन उपाध्यायले चार वर्षसम्म नेपाली राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए । तर, ६ असारमा भएको निर्वाचनबाट एन्फामा नयाँ कार्यसमिति चयन भएसँगै उनी जिम्मेवारीमुक्त भए ।

नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले यसअघि कार्यवाहक प्रशिक्षकको रुपमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेका कारण एन्फाले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी हुमागाईंलाई दिएको हो । अल्मुताइरीसँग विवादका कारण टिमबाहिर रहेका १० खेलाडीलाई पनि हुमागाईंले राष्ट्रिय टिममा समेटेका छन् ।

टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल छन् ।





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १८:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया