डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै

प्रकाशक फाइन प्रिन्टले डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउने भएको छ । 

डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको हो ।  

यही भदौ अन्तिम साता काठमाडौंमा उक्त विशेष संस्करणको लोकार्पण हुने फाइन प्रिन्टले जनाएको छ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सयप्रति मात्र मुद्रण भएको छ, जसको अङ्कित मूल्य २५ हजार रुपैयाँ रहेको छ । विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन् । 

यद्यपि विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अङ्कित मूल्य ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुनेछ । नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व किओचलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन् ।  

विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाई सीधै हस्पिटललाई हस्तान्तरण गर्ने छन् । 





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १८:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया