कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

केही अभियन्ताले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सिंहलाई आइतबार बिहान पक्राउ गरिएको हो । 

सिंहले केही दिनअघि युट्युबमा पोस्ट गरेको कमेडी क्याफे नामक स्ट्यान्ड अप कमेडी विवादमा तानिएको थियो ।

फेसबुकमा स्टाटस लेख्दै सिंहले स्ट्यान्ड अप कमेडी गरेबापत फेसबुकमार्फत ज्यान मार्ने धम्की पाएको उल्लेख गर्दै कलाकारको रुपमा मानवीय त्रुटि हुन सक्ने भन्दै माफीसमेत मागेका छन् । उक्त भिडियोलाई अहिले युट्युबबाट हटाइएको छ । 
 





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार २०:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया