एसवाईको टिकटक प्रतियोगिताका विजयी पुरस्कृत

एसवाई प्यानल नेपाल लिमिटेडद्वारा आयोजित टिकटक भिडियो प्रतिस्पर्धाका विजयीहरू पुरस्कृत भएका छन् । उत्कृष्टहरूलाई आइतबार राजधानीमा एक कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा सुमित्रा मौरती र संगम दराईको टिकटक प्रथम भएको छ।
  
प्रतियोगितामा पहिलो हुनेलाई एक लाख ५० हजार नगदसहितको पुरस्कार वितरण गरिएको छ। प्रतियोगितामा दुईजनालाई दोस्रो, तीनजनालाई तेस्रो, चार जनालाई चौथौ र पाँचजनालाई पाँचौँ पुरस्कारको व्यवस्था गरिएको थियो। 

त्यसअनुसार दोस्रो हुने दुवैलाई प्रतिव्यक्ति एकएक लाख, तेस्रो हुने तीनजनालाई प्रतिव्यक्ति ७५–७५ हजार, चौथौ हुने चारजनालाई प्रतिव्यक्ति ४०–४० हजार र पाँचँ हुने पाँचजनालाई ३०–३० हजार नगदसहित प्रमाणपत्र वितरण गरिएको हो । साथै सात्वना हुने चारजनालाई प्रतिव्यक्ति १५–१५ हजार नगदसहित प्रमाणपत्र वितरण गरिएको हो।
 
विजयीलाई एसवाई प्यानल नेपालका भाइस चेयरम्यान होङ सङ् ग्युन, सिइओ छाङ् छि यल, म्यानेजिङ डिरेक्टर छोइ दोङ इल, नेपालका एजेन्सी जनरल म्यानेजर विमलराज गोसाईं, नेपालका टेक्निकल जनरल म्यानेजर शशि शाहलगायतले पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

एसवाई प्यानल प्रिफ्याब घरहरू निर्माणका लागि प्रयोग हुने निर्माण सामग्री हो । 





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार २१:५२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया