नेकपा एमालेकी सांसद शान्ता चौधरीले काठमाडौं महानगरपालिकाले नक्सा विपरीतका संरचना हटाउने अभियानलाई समर्थन गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले मेयर बालेन्द्र शाह (बालेन) र सुनिता डंगोलको टोली चलाएको नक्सा विपरीतका संरचना हटाउने अभियानलाई समर्थन गरेकी हुन् ।
सांसद चौधरीले सार्वजनिक हितका यस्ता काम देशभरी नै चलाउनुपर्नेमा पनि जोड दिएकी छन् । यस्ता कार्यमा सबैको साथ हुनुपर्ने पनि उनले उल्लेख गरेकी छन् ।
‘बालेन्द्र शाह र सुनिता डंगोलको टिमले चलाएको काठमाडौंमा नक्सा विपरीतका संरचना हटाउने अभियान स्वागतयोग्य छ, सार्वजनिक हितका यस्ता काम देशभरी नै चलाउनुपर्दछ, यस्ता कार्यमा सबैको साथ सहयोग होस्,’ चौधरीले लेखेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।