संगठित आपराधिक गिरोहको निशानामा पोग्बा

इटालियन क्लब युभेन्टसका फ्रेन्च मिडफिल्डर पउल पोग्बाले आफू संगठित अपराधिक गिरोहको निशानामा परेको बताएका छन् । ​उनले एक विज्ञप्ति निकाल्दै आफूलाई संगठित गिरोहले फिरौती र धम्कीको निशाना बनाएको बताएका हुन् ।

पोग्बाले आफ्ना वकिलमार्फत एक विज्ञप्ति जारी गर्दै यस विषयमा अधिकारीहरूलाई जानकारी गराएको समेत बताए । ‘पोग्बाविरुद्ध एक संगठित विरोहद्वारा धम्की र जबरजस्तीको प्रयासहरू भएकोछ’,विज्ञप्तिमा भनिएको छ,‘इटाली र फ्रान्सका निकायहरूलाई सूचित गरिएको थियो र चलिरहेको अनुसन्धानको सम्बन्धमा थप टिप्पणी  हुनेछैन ।’

यो विषयमा फ्रेन्च प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ । २०१८ को विश्वकप विजेता पोग्बा यसै समरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर युभेन्टस फर्किएका हुन् ।





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार १०:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया