पूर्वयुवराज पारसलाई हृदयाघात, अवस्था स्थिर तर गम्भीर

काठमाडौं– पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएको छ । हृदयाघातपछि उनलाई राजधानीको नर्भिक अस्पतालमा पु्र्याइएको थियो । अहिले उनलाई आइसियुमा राखेर उपचार भइरहेको छ। 

सोमबार दिउँसो ललितपुरको हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गर्न पुगेका पारसलाई छातीमा असहज महसुस भएपछि दिउँसो ४ बजेतिर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई यसअघि दुईपटक हृदयाघात भइसकेको थियो । पारसको स्वास्थ्य अवस्थाबारे रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जनकारी दिएको छ ।

हृदयघात भएपछि अस्पताल पुर्याइएका पारस शाहकाे मुटुकाे दुबै ब्लकेज खाेलिएकाे अस्पतालले जनाएकाे छ । अस्पताल स्राेतका अनुसार उनकाे अवस्था स्थिर भएपनि गम्भीर छ ।






  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १८:७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया