मनाङेले लिए शपथ

काठमाडौं– गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले प्रदेशसभा सदस्यको शपथ लिएका छन् । केहीबेर अघि गण्डकी प्रदेशसभाका सभामुख नेत्र अधिकारीले मनाङेलाई शपथ गराए ।

शपथ खुवाएलगत्तै सभामुख अधिकारीले सांसद मनाङेलाई टीका लगाएर बधाई दिए । सँगै, उपसभामुख र प्रदेश सरकारका मन्त्रीहरुले पनि उनलाई बधाई दिए । 

गत निर्वाचनमा मनाङेले मनाङको प्रदेशसभा ‘ख’बाट वाम गठबन्धनको समर्थनमा स्वतन्त्रबाट चुनाव जितेका थिए । 

चुनाव जिते पनि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण उनले शपथ लिन पाएका थिएनन् । करिब ८ महिना जेल बसेपछि सर्वोच्चले नै थुनामुक्त गर्न आदेश दिएपछि छुटेका मनाङेले अहिले आएर शपथ लिएका हुन् ।

शपथपछि खुशी व्यक्ति गर्दै मनाङेले भने, ‘९ महिना जेलमा बसेँ, अब केही दिन कुरौँ भनेर कुरेको थिएँ ।’ सरकारलाई राम्रो काममा सहयोग गर्ने उनले बताए । आफू तत्काल कुनै पार्टीमा प्रवेश गर्ने सोच नबनेको उनले प्रतिक्रिया दिए ।





  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १८:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया