कञ्चनपुरमा हात्ती​को आक्रमणबाट एकको मृत्यु

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका –७ मा जङ्गली हात्तीको आक्रमणबाट सोमबार साँझ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लाफाँटा ७ सिमलफाँटा बस्ने कालुराम जोशीकी २२ वर्षीया छोरी मिना जोशी रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो । मृतक जोशीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार २२:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया