नेपाललाई ऐतिहासिक सफलता, यूएईसँगको एक दिवसीय सिरिज जित्यो

काठमाडौं– गत चैतमा मात्र एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ । यूएईको आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले युएईलाई २–१ ले हराउँदै एक दिवसीय सिरिज आफ्नो पोल्टामा पारेको हो । ३ खेलको यो सिरिजमा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे ।

सोमबार भएको सिरिजको अन्तिम खेलमा नेपाली कप्तान पारस खड्काले नेपालका लागि पहिलो सतक प्रहार गरे । उनले १०९ बलमा ११५ रनको योगफल तयार पारेका थिए । नेपालले दोस्रो खेलमा पनि जित दर्ज गरेको थियो । 

यसअघि नेपालले एक दिवसीय मान्यता पाएपछि पहिलो खेल नेदरल्यान्ड्ससँग खेलेको थियो । तर, त्यो सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई २५५ रनको टार्गेट दिएको थियो । यो लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्ट्यायो ।

पारसले १०९ बलमा १५ चौका र एक छक्काको सहयोगमा ११५ को योगफल तयार पारेका हुन् । 

यसअघि नेपालका रोहितकुमार पौडेल १६, सन्दीप जोरा १९, दीपेन्द्रसिंह ऐरी ६, ज्ञानेन्द्र मल्ल ३१, विनोद भण्डारी ९ रनमा समेटिएका थिए । 



टस हारेर ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको थियो । 




  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १९:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया