पल शाहको मुद्दाको पेसी आज

अभिनेता पल शाहको मुद्दाको पेसी आजका लागि तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका उनको पेसी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेसी रहेको छ ।

नवलपुर अदालतले भने २१ भदौका लागि पेसी तोकेको छ । उनका अनुसार मुद्दाको फैसला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लडन सक्ने तथा थुनामा रहनुपर्ने दुवैमध्ये एक खाले फैसला आउन सक्नेछ । 

गत ३० चैतदेखि थुनामा रहेका शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।  





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १०:३१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया