प्रहरीलाई १ सय ८० वटा गाडी किन्न अर्थको सहमति

अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई १ सय ८० वटा गाडी किन्न सहमति दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग गरेबमोजिम अर्थले स्वीकृति दिएको हो । 

प्रहरी प्रवक्ता (डिआइजी) टेकप्रसाद राईका अनुसार पिकअप (डबल क्याप) गाडी खरिदका लागि अर्थ मन्त्रालयले ७५ करोड बजेट स्वीकृत गरेको हो । 

प्रहरीले ७ सयभन्दा धेरै गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरे पनि मन्त्रालयले एउटै स्वरूपको पिकअप ७५ करोडबाट नबढ्ने गरी खरिद गर्न बजेट सुनिश्चित गरेको हो । 

सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ ।
 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १९:१५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया