पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
फाइल तस्बिर

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति देखि सडक अवरुद्ध भएको हो ।

राति  साढे २ बजेदेखि नै पहिरोका कारण सडक बन्द भएको प्रहरीले जानएको छ । जिल्ला प्रहरी कार्यालय चितवन पहिरो हटाउन दुई–तीन घण्टा लाग्ने छ । अहिले दुईवटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।   





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार ७:५८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया