आमिर खानले ‘लाल सिंह चड्ढा’ को पारिश्रमिक नलिने

बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो ।

फिल्म बक्सअफिसमा पूर्णरूपमा फ्लप सावित भएको छ । फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा निर्माण गरिएको यो फिल्मले ६० प्रतिशतभन्दा माथि कमाई बक्सअफिसमा गर्न सकेको छैन । यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्वपूर्ण निर्णय गरेका छन् ।

फिल्म फ्लप भएपछि आमिरले आफ्नो अभिनय पारिश्रमिक फिर्ता दिने निर्णय गरेका छन् । उनले फिल्मका लागि भएका सम्पूर्ण नोक्सानीको भरपाई गर्ने घोषणा गरेका छन् ।

‘यदी आमिर आफ्नो पारिश्रमिक लिन्छन् भने वायकम १८ स्टुडियोलाई करिब १०० करोड रुपैंयाँ नोक्सान हुन्छ । यस्तो अवस्थामा आमिरले आफैं नोक्सानको भरपाई गर्ने निर्णय लिएका छन् । यो निर्णयले निर्माताहरुले कम घाटा व्यहोर्नुपर्नेछ’, फिल्मनिकट स्रोतले भनेको छ ।

आमिरले फिल्म फ्लप हुने जिम्मेवारी आफैंले लिएका छन् । उनले फ्लपको दोष अरू कसैलाई नजाओस् भन्ने चाहेका छन् । ‘फिल्मका लागि उनले चार वर्ष समय दिए, तर उनले एक पैसा पनि कमाएनन् । फिल्मका लागि उनको पारिश्रमिक सय करोडमाथि थियो । तर असफलताको जिम्मेवारी लिँदै उनले सबै नोक्सानको आफैं भरपाई गर्ने निर्णय लिएका छन्’, स्रोतले भनेको छ ।

रक्षाबन्धनमा रिलिज फिल्ममा आमिरका अलावा करिना कपूर, मोना सिंह र साउथ अभिनेता नागार्जुनको पनि अभिनय थियो । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो ।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १२:१५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया